
तिलोत्तमा, २०८० असोज ४ गते। क्रिमसन अस्पतालले लापरबाही गरेको भन्दै आरोप लगाएका अभिषेक पौडेलको परिवारसंगै छरछिमेकसंगै समाज अस्पताल परिसरमा न्यायका लागि उत्रिएको छ। गत जेष्ठ २७ गते दुर्घटनामा खुट्टा भाचिएका अभिषेकको उपचारको क्रममा लापरबाही भएको भन्दै परिवारले भरतपुर लगेर खुट्टा काट्नु परेको बताएको छ । घटनाबारे अस्पताल प्रसासन र स्वयम् डक्टर मनिष कुमार गुप्ताले अघिल्लो दिन आफु नरहेको र अर्को दिन आउदा खुट्टा प्लास्टर भैसकेको तर परिवार उपचारमा आउन ढिला गर्दा यस्तो भएको बताएका छन्।
अभिषेकको न्याय र संरक्षणको लागि भन्दै अहिले उनका परिवार संगै न्यायका लागि पहल गर्न जनता अस्पताल परिसरमा गैर शान्ति पूर्ण आन्दोलन गरेका छन्। उनीहरुले प्ले कार्डमा विभिन्न नारा हरु लेख्दै बिरामी पौडेलको न्यायका लागि प्रसासन, वडा कार्यालय,नगरपालिका तथा पत्रकारलाई आग्रह समेत गरेका छन। माग पुरा नभए अझै ससक्त आन्दोलनका कार्यक्रमहरु लिएर आउने भन्दै स्थानीयले छिटो भन्दा छिटो न्यायका लागि पहल गर्न अनुरोध समेत गरेका छन्।अस्पतालले विभिन्न बहानामा दिएको धम्की र खबरदारी तथा अभिव्यक्ति प्रति परिवारको आपत्ति रहेको छ।
कमेन्ट गर्नुहोस्