तिलोत्तमा,असोज ४, २०८० बिहिबार। लिस्नु कप अन्तर्गत शुक्रबार कपिलबस्तु ११ र फर्साटिकर एफ सी बीच रोमाञ्चक खेल हुँदैछ। २१ औँ लिस्नु कपको उपाधि चुम्न दुइटै टिम उत्तिकै अगाडी बढेका छन्। मंगलबार फर्साटिकरले देवदह ब्वाइज्लाई १-० गोल अन्तरले हराएर फाइनल प्रवेश गर्यो भने बुधबार कपिलबस्तुले पाल्पालाई १-० ले नै पराजित गरि फाइनल प्रवेश गर्यो। फाइनलको तयारी भरपुर रहेको र सबै खेलाडीको उत्तिकै मेहनतले सफलता प्राप्त गर्ने भन्दै आफ्नो टिमलाई सेमिफ़ाइनलमा १ गोल गरि फाइनल प्रवेश गरेका कपिलबस्तु ११ का खेलाडी संजु सेन ठकुरी बताउछन ।
त्यसो त दुवै टिम उपाधिका लागि उत्तिकै उत्कृस्ट भएको भन्दै फर्साटिकर पनि कम नभएको आयोजक लिस्नु क्लबका अध्यक्ष तिर्थ राज मल्लको भनाई छ। दर्शक र खेलाडीको चाहना अनुरुप निकै सौहार्दपूर्ण तरिकाले खेल सम्मपन्न भएको भन्दै फाइनल खेल पनि उत्तिकै रोमाञ्चक हुने खेलका फिफा रेफ्री इन्द्रप्रेम खड्काले बताए। खेल र खेल प्रेमी दर्शकका लागि अत्यन्तै राम्रो खेल हुने र कपिलबस्तुसंगै खेल जगतको बिकासका लागि आफु अघि बढेको कपिलबस्तु जिल्ला फुटबल संघका अध्यक्ष तथा कपिलबस्तु ११ का कोच बताउनुहुन्छ। दर्शकको लागि लिस्नु कपको फाइनल खेल रोमान्चक हुने पक्का छ। दिउसो ३ बजे पछि हुने खेलका लागि दुइटै टिम अहिले तम्तयार छन्।
असोज ५ गते फाइनल हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार पाउने छन्। त्यसो त सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गरि घर फर्केका छन्। असोज ५ गते हुने फाइनल खेलमा आउने दर्शकका लागि आयोजकले टिकट कुप्पन चिठ्ठा राखी सर्प्रराइज उपहार दिने घोषणा गरेको छ।
कमेन्ट गर्नुहोस्