लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानीयको मायाले अडिएको लिस्नु कप, मुस्ठीदानमा प्रतिष्ठित खेल

IMG

तिलोत्तमा, असोज ३ गते २०८०।झट्ट बिचार गर्दा लिस्नु युवा क्लबले नियमित रुपमा खेलाउदै आएको लिस्नु कपको आयोजनालाई लिएर खेलप्रेमीहरु सोच्न बाध्य हुन्छन। २१ औं शृंखला सम्म आइपुग्दा क्लबले गरेको त्याग र परिश्रमलाई जो कसैले अनुमान लगाउन सक्दैन।  समाजको युनिटी र सहयोगको भावनाले लिस्नुलाई अझै मजबुत बनाएको छ भन्दा फरक नपर्ला। करिव १२ बर्ष अगाडी को लिस्नु कप देखि हामी नियमित सो खेलको अनुभव र तारतम्य  बुझिरहेका छौ हेरिरहेका छौ। समाजमा रहेका मुस्ठिदान र १ सय देखि बढीमा ५ सय रुपैयासम्म सहयोग उठाएर क्लबले सो खेलको आयोजना गरेको हिजो जस्तै लाग्छ तर अहिले आउदा त्यही सहयोग यस क्षेत्रकै ख्याति प्राप्त र प्रतिष्ठित खेल खेलाउने क्लबको अग्रपंक्तिमा आउछ लिस्नु कप। 


क्लबलाई अहिले समाजमा पनि राम्रो छविको रुपमा लिइएको छ।  हरेक समाजका गतिबिधी र समाज बिकासका लागि पनि क्लब उत्तिकै सक्रिय छ। समाजमा रहेर बिद्यालय व्यवस्थापन होस्, सरसफाई का नियमित कार्यक्रम होस्, रक्तदान, समाजमा अप्ठ्यारो परेको बेला सहयोग गर्ने, युवाहरुलाई स्वरोजगार र उद्धम तर्फा जोड्ने, बैदेशिक रोजगारमा भएका लाई समेत उनीहरुको घरै गैर सहयोग गर्ने कार्यले क्लबलाई थप उचाइमा पुर्याएको छ। 


यस पटकको २१ औं लिस्नु कपले १२ उत्कृस्ट टिमलाई एउटै मैदानमा उतारे पछि दर्शकको भिडले थामी नसक्नु छ। दर्शकको माया पनि उत्तिकै पाएको क्लबका अध्यक्ष तिर्थराज मल्लले बताउनुभएको छ। शुरुका दिनमा सहयोग माग्न जाँदा पनि खासै चासो हुन्थेन तर पछिल्लो समय दाता हरुले क्लबको यो कार्यलाई एउटा पर्वको रुपमा हेर्नुभएको अध्यक्ष मल्लले बताउनुभएको छ। अध्यक्ष मल्लले दर्शक र समाजका सबैले समेत खेललाई आत्मसात गरेको देख्दा आफुसंगै क्लबका सबै पदाधिकारी र सदस्यमा खुसी छाएको बताउनुभएको छ।  यस्क्षेत्रकै सर्बाधिक राशी सहितको फुटबल खेलका लागि निरन्तर रुपमा तिलोत्तमा नगरपालिका-वडा नम्बर-१५ कार्यालय, पशुपति मावी ( खेलमैदान तथा आर्थिक सहयोग ) लगायत खेलको प्रथम पुरष्कार र दोस्रो पुरष्कार समेत दाताहरुबाट व्यवस्थापन भएको प्रति अध्यक्ष मल्लले खुशी व्यक्त गर्नुभएको छ।क्लबलाई अहिले देश बिदेशमा रहेका स्थानिय युवाहरुले सहयोग रकम सहयोग गरेका छन्। यसले क्लबलाई झन् उत्साह थपेको अध्यक्ष मल्लले बताएका छन्।  मनैदेखि नतमस्तक भएर धन्यबाद दिन चाहन्छु -अध्यक्ष मल्लले भन्नुभयो।   


समाजको सहयोग र एकताले लिस्नु कप यहाँसम्म आएको क्लबका सचिव मनोज केसीले बताउनुभएको छ। शुरुका दिनमा आर्थिक सहयोग जुटाउन धेरै परिश्रम गर्नु पर्ने थियो तर अहिले समाजका सहयोग दाताहरुले आफैले बुझेर आफै सहयोग गर्नुभएको छ, यसप्रति हामी अत्यन्तै खुसी छौ - सचिव केसीले भन्नुभयो।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा लिएर क्लबले गरेको फुटबल प्रतियोगिताले आपसी भाइचारा, क्लब बीचको सम्बन्ध, खेलाडी उत्पादन र खेलको जगेर्ना हुने हुँदा यसमा सहयोगी सबैलाई सचिव केसीले धन्यबाद समेत व्यक्त गर्नुभएको छ। 


सर्बाधिक राशीको यस पटकको लिस्नु कप एकदमै रोमाञ्चक भएको र दर्शकको समेत राम्रो प्रतिक्रिया आएको २१ औं लिस्नु कपका खेल संयोजक नेम बहादुर गुरुङले बताउनुभयो। उहाले तिलोत्तमा-१४ निवासी स्व : जमान सिंह गुरुङको स्मृतिमा उहाकी श्रीमती कुमारी गुरुङ तथा छोरा बुहारी बिजय र नर्मदा र छोरी टिकामाया पुन र तनुजा गुरुङले प्रतियोगितामा खुसि साथ् मुख्य प्रायोजन गरेको प्रति धन्यबाद व्यक्त गर्दै परिवारमा आभार प्रकट गर्नुभएको छ। प्रतियोगितामा प्रथम पुरस्कार वापत बिजेता टोलीले  ३ लाख नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन  । 


उपविजेताले दोस्रो पुरस्कार बापत  १ लाख ५० हजार नगद  प्राप्त गर्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५/२५ हजार पाउने छन् । यसैगरी व्यक्तिगत विधातर्फ हाइ स्करर, बेस्ट गोलकिपर, बेस्ट खेलाडी,  पनि नगद सहित उचित पुरस्कारको व्यवस्था गरिएको क्लबका खेल संयोजक गुरुङले जानकारी दिनुभएको छ । त्यस्तै प्रत्येक दिन म्यान अफ द म्याचलाई नगद रु ३ हजार ५ सय सहित ट्रफी दिइएको समेत गुरुङले बताउनुभयो। प्रतियोगिता अन्तर्गत आजको दोस्रो सेमिफाइनल खेल कपिलबस्तु ११ र पाल्पा ११ बीच हुने आयोजकले बताएको छ।     


कमेन्ट गर्नुहोस्