
तिलोत्तमा, असोज ३ गते २०८०। रुपन्देहीको तिलोत्तमामा रहेको सुबिधा सम्पन्न युनिक फ़ुटसल मणिग्राममा स्वर्गीय नेत्र बहादुर आचार्य क्षेत्री स्मृती नक आउट फ़ुटसल प्रतियोगिता हुने भएको छ।5A साइड प्रतियोगितामा सहभागी हुन ३ हजार इन्ट्री फी लाग्ने आयोजकका तर्फबाट रहिस डुम्रेले बताएका छन्। असोजको १२ र १३ गते हुने सो खेलमा सहभागी हुन युनिक फ़ुटसल मै आएर अर्थात फोन बाटै टिम दर्ता गर्न सकिने दुम्रेको भनाइ छ।
फिफाको नियम अनुसार खेलाइने खेलमा खेलाडी सहित १० जना मात्र रहने बताइएको छ। असोज ११ गते टाइशिट प्रकाशन गर्ने भनिएको सो खेल १२ गते बिहानै ६ बजेबाट शुरु हुनेछ। २ दिनसम्म चल्ने सो प्रतियोगिताको बिजेताले नगद रु ३५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै खेलमा बेस्ट गोलकिप्पर,बेस्ट प्ल्येर र हाइ स्कररले समेत पुरष्कार पाउने ब्यबस्था गरिएको प्रतियोगिताका आयोजक युनिक फ़ुट्सलका संचालक रहिस डुम्रेले बताएका छन्।
कमेन्ट गर्नुहोस्