तिलोत्तमा, असोज ३ गते २०८०। पहिलो हाल्फ़ देखि दोस्रो हाल्फ़को ३३ मिनेट सम्म निकै रोमाञ्चक र प्रतिश्प्रधी बनेको छिमेकी जिल्ला कपिलबस्तु ११ र पाल्पा ११ को खेल सन्जु सेन ठकुरीको गोलपछि झन् रोमाञ्चक बन्यो। खेलको दोस्रो हाल्फको ३४ मिनेटमा जर्सी नम्बर १० का सन्जु सेन ठकुरीले गरेको प्रहारले जाली चुमेपछि सो गोल नै खेलको निर्णायक गोल बन्यो। ० गोलमै चित्त बुझाएको सेमी फ़ाइनलिस्ट बनेको पाल्पा ११ ले नगद रु ३५ हजार सहित खेलबाट बाहिरिएको छ।
सो जित संगै कपिलबस्तु ११ कोटिहवामा जारी २१ औं लिस्नुकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।पशुपति माविको मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा पाल्पा ११ पाल्पालाई १-० गोल अन्तरले पाखा लगाउंदै कपिलबस्तु ११ ले फाइनलमा फर्साटिकर एफसी संग खेल खेल्ने स्थान पक्का गरेको हो ।फर्साटिकर एफ सीले पहिलो सेमी फाइनलमा देवदह ब्वाइजलाई १-० ले पराजित गरेको थियो भने कपिलबस्तु ११ ले पनि पाल्पालाई उही गोल अन्तरले जितेको हो। असोज ५ गते हुने फाइनल खेलका लागि २ वटै टिम उत्तिकै प्रतिश्प्रधि रहेको आयोजकका तर्फबाट अध्यक्ष तिर्थराज मल्लले बताए।
खेलमा कपिलबस्तु ११ का खेलाडी मिलन क्षेत्री म्यान अफ द म्याच भए । उनले शिल्ड मेडल सहित ३ हजार ५ सय नगद समेत पाएका छन्। खेलमा सेमिफ़ाइनलिस्ट देवदह ब्वाइजले नगद रु २५ हजार पाएर खेलबाट बाहिरिएको छ। बुधबारको अन्तिम सेमिफाइनल खेल कपिलबस्तु ११ र पाल्पा एफसीबीच हुने आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए । असोज ५ गते फाइनल हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गरि घर फर्केका छन्। असोज ५ गते हुने फाइनल खेलमा आउने दर्शकका लागि आयोजकले टिकट कुप्पन चिठ्ठा राखी सर्प्रराइज उपहार दिने घोषणा गरेको छ।
कमेन्ट गर्नुहोस्