लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालको संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीले पनि दिए शुभकामना

tillotmacitynews - 2023 Sep 20 03:37 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज ३ गते । नेपालको संविधान दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि शुभकामना सन्देश दिएका छन् । यो अवसरलाई उनले नेपालले गरेको उल्लेखनीय प्रगति र बलियो मित्रतालाई कदर गर्ने क्षण भनेका छन् ।समझदारी, विश्वास, र सद्भावनालाई बढावा दिने जनता–जनता बीचको गढिलो सम्बन्ध नै द्विपक्षीय मित्रताको आधारशिला हो भन्दै अमेरिकी विदेशमन्त्रीले भनेका छन्, ‘हामी यो विशेष दिन मनाउने क्रममा हाम्रा दुई राष्ट्रहरू बीच यी अमूल्य सम्बन्धहरूप्रति हाम्रो शान्ति, सहयोग, र पारस्परिक समृद्धिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई नवीकरण गर्न चाहन्छौं ।’


उनले अमेरिकी जनता र सरकारको तर्फबाट नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । ‘आज असोज ३, नेपालको संविधान दिवसको अवसरमा म संयुक्त राज्य अमेरिकाको तर्फबाट सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ अमेरिकी विदेशमन्त्री ब्लिंकेनको शुभकामना सन्देशमा लेखिएको छ ।

कमेन्ट गर्नुहोस्