
तिलोत्तमा सिटी, २०८० असोज २ गते । फर्साटिकर एफ सी, रुपन्देहीको कोटिहवामा जारी २१ औं लिस्नुकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।पशुपति माविको मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा देवदह ब्वाइज देवदह रुपन्देहीलाई १-० गोल अन्तरले पाखा लगाउंदै फर्साटिकर एफ सीले फाइनलमा स्थान पक्का गरेको हो ।फर्साटिकर एफ सीको जितका लागि खेलको पहिलो हाफमै जसरी नम्बर ४ का गौरव श्रेष्ठले एक गोलको योगदान गरे, सोहि गोल जितको कडी बन्यो । देवदह ब्वाइज्को तर्फबाट निकै आक्रामक खेल खेलेपनि गोल भने गर्न सकेनन।
खेलमा फ़र्साटिकरका गोल गर्ने खेलाडी श्रेष्ठ नै म्यान अफ द म्याच भए । उनले शिल्ड मेडल सहित ३ हजार ५ सय नगद समेत पाएका छन्। खेलमा सेमिफ़ाइनलिस्ट देवदह ब्वाइजले नगद रु २५ हजार पाएर खेलबाट बाहिरिएको छ। बुधबारको अन्तिम सेमिफाइनल खेल कपिलबस्तु ११ र पाल्पा एफसीबीच हुने आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए । असोज ५ गते फाइनल हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कमेन्ट गर्नुहोस्