
तिलोत्तमा सिटी, भदौ २८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ ।राप्ती उपत्यकामा बुधवार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशमा मन्त्रालय थप्दा आर्थिक भार थप हुने र जनताको बीचमा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालय नबढाई सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्ली चौधरीलाई निर्देशन गर्ने निर्णय गरेको हो ।जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिन पनि बैठकले अनुरोध गरेको मुख्य सचिव मोहनराज शर्माले जानकारी दिए ।
बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्