लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खेलाडीहरुलाई भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ: प्रधानमन्त्री

tillotmacitynews - 2023 Sep 14 05:59 PM
IMG

तिलोत्तमा सिटी, भदौ  २८ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन् ।एसियाडमा जाने खेलाडीहरुको बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा भएको पुरस्कार आजसम्म पनि नपाएको भन्ने आफूलाई जानकारी रहेको बताए । उनले भने, ‘केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु ।’


नियमावलीको अभावका कारण निकासामा ढिला भएको उनले सुनाए । तर अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट आज बिहीबार मात्र खेलकुद मन्त्रालयमा पुगेको भन्दै प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’


उनले आफ्नो चीन भ्रमणका क्रममा खेल पूर्वाधार निर्माणलाई एजेण्डा बनाउने समेत बताए ।

कमेन्ट गर्नुहोस्