
तिलोत्तमा, २०८० भाद्र २४ गते।आइतबारदेखि लिस्नु युवा क्लबको आयोजनामा २१ औं लिस्नु कप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार सम्पन्न उद्घाटन खेलमा नव युवा क्लब ठुटीपीपलले नवलपरासी ११ लाई ० का विरुद्ध २ गोल गर्दै विजयी भएको छ । वर्षा भएपछि शनिबार हुने खेल संगै उद्घाटन कार्यक्रम आज सुरु भएको थियो। रोमान्चक बनेको सो खेल अवधिभर दर्शकले निकै मनोरञ्जन लिएका दिए ।तिलोत्तमा नगरपालिका–१५ कोटिहवा स्थित पशुपती माविको खेलमैदानमा भएको खेलमा नव युवा क्लब ठुटीपीपलले नवलपरासीलाई ० विरुद्ध २ गोल गर्दै विजयी भएको हो।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नवायुवाका खेलाडी निरन्जन खत्री म्यान अफ द म्याच बनेका छन्। भने आज भएको दोस्रो खेलमा कपिलबस्तु ११ ४ गोल गर्दै बिजयी भएको छ। बर्षाका कारण हिजो रोकिएको खेल संगै आज २ वटा खेल सम्पन्न भएको थियो। आज भएको दोस्रो खेलमा कपिलबस्तु ११ ले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवललाई ० का बिरुद्ध ४ गोल गरेर बिजयी बनेको हो। आज भएको दोस्रो खेलमा कपिलवस्तु ११ का सन्दीप थारु म्यान अफ द म्याच भएका छन्। आज विजय हुने टीम क्वारफाइनलमा प्रवेश गर्न सफल भएको छ।
भोली सोमबार देवदह व्वाइज र झरना स्पोर्ट्स क्लब कुञ्जलापुरबीच प्रतिष्पर्धा हुने आयोजक क्लबका सचिव मनोज केसीले जानकारी दिए ।प्रतियोगिताको तिलोत्तमा नगरपालिका का नगरप्रमुख रामकृष्ण खाणले आइतबार उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाणले स्थानीयस्तरबाट खेल सुरु गरी इतिहास बोकेको लिस्नु कपको आफैमा गरिमा रहेको बताए । उनले यस क्षेत्रको शानको रुपमा स्थापित यस क्लबले खेलसँगै सामाजिक सेवामा अग्रसर रहेको र भव्यताका साथ् खेल प्रतियोगिताको सफलताको शुभकामना दिए ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १२ टोलीको सहभागिता रहेको लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए ।हरेक दिन दिउँसो ३ बजेदेखि सुरु हुने खेल हेर्न महिला, वृद्धवृद्धा, अपांगता भएका र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको क्लबका सचिव मनोज केसीले जानकारी दिए । प्रतियोगिता हेर्न अन्य दर्शकहरुले भने रु १ सय को टिकट काट्नु पर्ने छ।
कमेन्ट गर्नुहोस्