
तिलोत्तमा, २०८० भाद्र २३ गते। शनिबारदेखि सुरु भएको लिस्नु कप फुटबल प्रतियोगिताको २१ औं संस्करण अन्तर्गत उद्घाटन खेल वर्षाको कारण स्थगित भएको छ । लिस्नु युवा क्लव रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका –१५ कोटिहवास्थित पशुपति उच्च माविको खेलमैदानमा शनिबार अपराह्न ३ बजेपछि सुरु गर्ने भनिएको प्रतियोगिता स्थगित भएको थियो ।
नवयुवा सांस्कृतिक ठुटिपिपल र नवलपरासी ११ फुटबल क्लवबीच प्रतिस्पर्धा हुने भनिएको खेल स्थगित भएको र आज टिकट किनेका दर्शकहरुले भोली २ बजे र त्यसपछि हुने अर्को खेल हेर्न पाउने क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताए। आयोजक क्लवका अध्यक्ष तिर्थराज मल्लले शनिबार स्थगित भएको खेल आइतबार दिउसो २ बजे सञ्चालन हुने र उक्त खेलका अन्य सबै खेल तालिका अनुसार हुने र आजकै टिकेट बाट भोलि प्रवेश दिइने बताए । कार्यक्रम समयमै सबै दर्शक खेलाडी अतिथीहरु आएपनि बर्षाका कारण खेलको उद्घाटन समेत भएन। प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम छ।
कमेन्ट गर्नुहोस्