लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोलीदेखि लिस्नु कप शुरु, उद्घाटन खेलमा नवयुवा ठुटिपिपल र नवलपरासी ११ को प्रतिष्पर्धा

IMG

तिलोत्तमा, भाद्र २२ गते २०८०। रुपन्देहीको प्रख्यात फुटबल प्रतियोगिता लिस्नु कप आज भदौ २३ गतेबाट शुरु हुदैछ । लिस्नु कपको २१ औं संस्करण भदौ २३ गतेदेखि रुपन्देहीको तिलोत्तमा-१५ कोटिहवामा दिउसो ३ बजे एक औपचारिक कार्यक्रमका बीच सुरु हुदैछ । उद्घाटन खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ओमसतिया ठुटिपिपल र नवलपरासी ११ बीचको रोमाञ्चक प्रतिष्पर्धा हुने सचिब मनोज कुमार क्षेत्रीले बताए। उद्घाट्न खेलको औपचारिक समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले गर्ने कार्यक्रम रहेको छ। 


३ लाख राशीको फुटबल प्रतियागिता कोटिहवा स्थित पशुपति माध्यामिक बिद्यालयको खेल मैदानमा सञ्चालन हुने छ । लिस्नु कपका खेल संयोजक नेम बहादुर गुरुङ्गले प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र स्याङजाको वालिङ्गबाट गरि १२ वटा टिमको सहभागीता रहने जानकारी दिए । उनले स्थानियले पर्वको रुपमा मनाउने लिस्नु कप प्रतियोगिताको तयारी पुरा गरि खेल संचालनका लागी तयार पारिएको जानकारी दिए । स्थानीय पशुपति माध्यमिक बिद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको फाईनल खेल असोज ५ गते खेलाईने कार्यतालिका रहेको गुरुङ्गले बताए । खेलमा प्रथम हुने टिमलाई नगद ३ लाख, दोश्रो हुनेलाई १ लाख ५० हजार र सेमी फाईनलमा पुगेका अन्य २ टिमलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष तिर्थराज मल्ल (तारा) ले जानकारी दिए । 


यस्तै प्रतियोगिताका मोष्ट भ्यालूएबल खेलाडीलाई २५ हजार, प्रत्येक म्याचका मेन अफ द म्याचलाई ३ हजार, बेस्ट गोलकिपर, राईजिङ प्लेयर, हाइस्कोररलाई नगद सहित पुरस्कृत गरिने मल्लले जानकारी दिए । तिलोत्तमा-१४ निवासी स्व : जमान सिंह गुरुङको स्मृतिमा उहाकी श्रीमती कुमारी गुरुङ तथा छोरा बुहारी बिजय र नर्मदा र छोरी टिकामाया पुन र तनुजा गुरुङले प्रतियोगितामा मुख्य प्रायोजन  गरेका छन्। उनले आफ्ना स्वर्गिय पिता जमान सिंह गुरुङको स्मृतिमा पुरस्कार प्रायोजन गरेका हुन् । करिब २० लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिताको लागि अन्य रकमको जोहो टिकट एवम सह प्रायोजकहरुमार्फत गरिने आयोजकको भनाई छ ।क्लबका अध्यक्ष मल्लले प्रतियोगितको क्वार्टर फाईनल खेलका लागि जनही १ सय रुपैया, सेमी फाईनल तथा फाईनल खेलका लागि २ सय रुपैया टिकट तोकिएको बताए। यस्तै दैनिक रुपमा खेल हेर्न आउने दर्शकको लागि सिजनल टिकटको रुपमा १ हजार रुपैयाँ तोकिएको बताए ।


प्रतियोगिता ९ जना खेलाडी लिएर मात्र खेलाइने उनले बताए । खेल मैदानको अभाव तथा वर्तमान खेल मैदानलाई हेरेर यो नियम बनाइएको हो। एक टिममा ९ जना खेलाडी, अतिरिक्त खेलाडी, कोच, टिम म्यानेजर गरि १६ जना मात्र सहभागी हुन पाउने मल्लले बताए । 

कमेन्ट गर्नुहोस्