लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य,बर्षापछि खेल शुरु

IMG
तिलोत्तमा, २०८० भाद्र १८ गते।एसिया  कप क्रिकेटमा  नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो ।नेपालका लागि  नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे ।

यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए ।दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए। गुल्शन झाले २३ रन बनाए ।यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।सन्दीप लामिछानेले ९  रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए । भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । बर्षाका कारण स्थगित खेलको नेपाली समय अनुसार राती साढे १० बजे खेल शुरु भएको छ। बर्षा फेरी हुन सक्ने भन्दै खेलको केहि नियम समेत परिबर्तन गरिएको छ। 


कमेन्ट गर्नुहोस्