
तिलोत्तमा सिटी । भाद्र १७ गते । एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाले बिथोलेपछि दुवै टीमले १–१ अंक बाँडेका छन् । सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर दोस्रो इनिङमा लगातार पानी परेपछि पाकिस्तानले ब्याटिङ गर्न सकेन ।
खेल रद्दको घोषणा गरिएको छ । पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचको खेलमा विजयी टोली सुपर ४ मा पुग्नेछन् । यदी अंक बाँड्नुपर्ने अवस्था आएमा नेपाल बाहिरिने छ । नेपाल र भारत बीचको खेल भोली सोमबार श्रीलंकामा हुदैछ ।
कमेन्ट गर्नुहोस्