लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको मौसम बिहानैबाट सफा, चर्को घामले गर्मी बढाउने संकेत

IMG

तिलोत्तमा सिटी । भाद्र १७ गते । पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार कास्की, बाग्लुङलगायत गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । यता रुपन्देहीमा भने आज बिहानैबाट चर्किएको घाम दिनभरि नै लाग्ने अनुमान मौसमबिदहरुले गरेका छन । रुपन्देहीमा केहीदिन यता लगातार जसो पानी परिरहेको थियो ।


अन्य पहाडी क्षेत्रमा पनि आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौमा पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । बिस्तारै मौसम खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । 

कमेन्ट गर्नुहोस्