लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२१औ लिस्नुकप फूटबल : भदौ २३ गतेबाट शुरु हुदै, तयारी तिब्र

IMG
भदौ १५, २०८० तिलोत्तमा। रुपन्देही कै प्रतिष्ठित लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको २१ औं संस्करण आगामी भदौ २३ गतेदेखि शुरु हुने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगीताको भरपुर मनोरंजन लिनुहुन सम्पुर्ण दर्शकहरुमा आग्रह गरेको छ। प्रतियोगिता सदा जस्तै यसपटक पनि तिलोत्तमा–१५, कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा हुने लिस्नु युवा क्लवका सचिव मनोज कुमार क्षेत्रीले जानकारी दिएका छन् । प्रतियोगिता लागि आवश्यक सम्पूर्ण तयारीका कामहरु भैरहेको र यसपालिको प्रतियोगितालाई थप सभ्य र भब्य बनाउने गरि क्लबका पदाधिकारीहरु जुटिरहेको क्लबका अध्यक्ष तिर्थराज मल्लले बताएका छन् ।सो कार्यक्रममा क्लबका अध्यक्ष तिर्थराज मल्लले मुख्य प्रायोजक र सहयोगी प्रति धन्यबाद ज्ञापन गर्दै क्लबले गर्ने सबै सामाजिक गतिबिधि भन्दा अलिक फरक तरिकाले आयोजना गरिएको खेलकुद प्रतियोगितामा सबैले खुलेर समर्थन र सहयोग गर्न आग्रह समेत गरे। 

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङ्गले क्लबले देखाएको सामजिक क्रियाकलाप र खेलाडीको सम्मानार्थ देखाएको बाटोमा आफु समेत बिगतदेखि सामेल भैआएको र आफ्नो सबै प्रगती क्लबकै कारण भएको उल्लेख गरे। उनले क्लबको समग्र सहयोगका लागि आफु प्रतिबद्ध रहेको जनाउदै खेलाडीको प्रतिभा प्रष्फुटन हुने क्लबलाइ सहयोग गर्न अपिल समेत गरे।सो अवसरमा बोल्दै जिल्ला फुटबल संघका अध्यक्ष तथा झरना स्पोर्ट्स क्लबका लोक पुनले लिस्नु युवा क्लबले देखाएको सामाजिक क्रियाकलाप, खेल र खेलप्रतिको प्रगतीले स्थानिय स्तरमा मात्रै नभई देशमै उल्लेखनिय काम गरेको बताए। क्लवले प्रतियोगिता संचालनका लागि मैदान मिलाउने, लेबलिङ्ग गर्ने काम सम्पन्न गरि सकेको छ भने भने अस्थायी प्यारापिट लगायतका अन्य भौतिक संरचनाहरुको काम समेत अगाडी बढाएको छ ।प्रतियोगितामा रुपन्देहीसहित ६ जिल्लाका १२ टिम तथा क्लबहरुको समेत सहभागिता रहने छ । 

तिलोत्तमा-१४ निवासी स्व : जमान सिंह गुरुङको स्मृतिमा उहाकी श्रीमती कुमारी गुरुङ तथा छोरा बुहारी बिजय र नर्मदा र छोरी टिकामाया पुन र तनुजा गुरुङले प्रतियोगितामा मुख्य प्रायोजन  गरेका छन्। उनले आफ्ना स्वर्गिय पिता जमान सिंह गुरुङको स्मृतिमा पुरस्कार प्रायोजन गरेका हुन् ।  प्रथम पुरस्कार वापत बिजेता टोलीले  ३ लाख नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन  ।  उपविजेताले दोस्रो पुरस्कार बापत  १ लाख ५० हजार नगद  प्राप्त गर्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५/२५ हजार पाउने छन् । यसैगरी व्यक्तिगत विधातर्फ हाइ स्करर, बेस्ट गोलकिपर, बेस्ट खेलाडी,  पनि नगद सहित उचित पुरस्कारको व्यवस्था गरिएको क्लबका खेल संयोजक नेम बहादुर गुरुङले जानकारी दिएका छन । त्यस्तै प्रत्येक दिन म्यान अफ द म्याचलाई नगद सहित ट्रफी दिइने समेत उनले बताए। क्लबले खेल सम्पन्न गर्न २० लाख खर्च लाग्ने अनुमान गरेको छ।
कार्यक्रममा तिलोत्तमा-१५ का अध्यक्ष खेमराज गुरुङ, अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घकुमार केसी, जिल्ला फुटबल संघका लोक पुन लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए। क्लबका उपध्यक्ष कृष्ण गुरुङको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव मनोज कुमार केसीले गर्नु भएको थियो।गत बर्ष आयोजकले नै उपाधि जितेको लिस्नु कप प्रतियोगिताको यस बर्षको फाइनल खेल असोज ५ गते हुने आयोजकले जनाएको छ। 

कमेन्ट गर्नुहोस्