
तिलोत्तमा सिटी, भदौ १० गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् ।जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका हुन् ।‘उहाँ भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ । टिकटको कुरा क्यानबाट कनफर्म हुन बाँकी छ,’ उनले भने ।नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताए ।नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । र नेपालले त्यहाँ अभ्यास गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्