
तिलोत्तमा, २०८० भाद्र ९ गते। राेटरी क्लब अफ मणिग्राम,राेटरी क्लब अफ भैरहवा र कालिका दिदी बहिनी आमा समुहको संयुक्त आयोजना मा Mental Health wellbeing program (2023-august 25)२०८० तिलोत्तमा ६ गीता मन्दिर १२ नम्बर रुपन्देहीमा सम्पन्न भएको राेटरी क्लब अफ मणिग्रामका अध्यक्ष राेटरियन निर्मल बस्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमममा मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना र सहजीकरण गरिएको थियो।
राेटरी ३२९२ का रिजनल चियर राेटरियन धुर्ब कुमार धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राेटरी क्लब अफ भैरहवाका अध्यक्ष तथा प्रशिक्षक राेटरियन उमेश चन्द्र आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो। बढदो मानसिक रोगका बिरामी तथा बढदो तनावका कारण भएको घटनाहरुलाई समाजमा न्यूनीकरण गर्न यो कार्यक्रम उपलब्धि मुलक भएको कालिका दिदी बहिनी आमा समुह कि अध्यक्ष सबिता न्यौपाने धितालले बताउनुभयो।
कार्यक्रममा प्रशिक्षकको रूपमा रन्जु शर्मा र माला प्रधान रहनु भएको थियो। कार्यक्रममा ८४ जना महिला दिदी बहिनीको सहभागीता थियो भने कार्यक्रममा स्वागत मन्त्ब्य आमा समूह कि सचीव पम्भादेबि भण्डारी बगाले राख्नु भएको थियो। सो कार्यक्रमको संचालन राेटरी क्लब अफ मणिग्रामका राेटरियन सागर पाठकले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्