लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा जारी जेसिजको सम्मेलनमा लफडा, असन्तुष्ट पक्षको नाराबाजी

IMG

तिलोत्तमा, २०८० भाद्र ८ गते। रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन लफडा शुरु भएपछी विवादमा तानिएको छ । क्षेत्र ‘घ’ अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै विरोध भएको छ । विरोधका बीच जारी सम्मेलनमा पटक-पटक स्थगित र सुचारू भएको छ । सम्मेलनमा असन्तुष्ट पक्षले नाराबाजी गरेका थिए ।विगत ३ वर्षदेखि विवाद भएको सिद्धार्थ जेसिजमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएपछि असन्तुष्ट पक्षले बिरोध गरेका छन् । नेपाल जेसिजको नेतृत्वले व्यक्तिगत स्वार्थ अनुसार सिद्धार्थ लेडी जेसिजको अध्यक्षमा विष्णु पाण्डे हुनु पर्नेमा गीता बन्जाडेलाई अध्यक्ष बनाइएको भन्दै पूर्व अध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन । नेतृत्वले विवाद समाधान गर्नुको साटो अनाधिकृत समूहलाई मान्यता दिने तर आधिकारिक समुहबाट रजिष्ट्रेसन शुल्क उठाएर पनि सहभागी हुन नदिएको क्षेत्रीले बताइन् । सिद्धार्थ लेडी जेसिजमा २०२० देखि नै विवाद कायम रहेको छ ।



यसैगरि धनगढी लेडि जेसिजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एक पक्षीय रुपमा प्रतिनिधित्व गराएको भनि बिरोध भएको छ । धनगढी लेडिज जेसिजमा सरिता साउद आधिकारिक नेतृत्व भएपनि पवित्रा पाण्डेको समूहलाई एक पक्षीय रुपमा प्रतिनिधित्व गराइएको भनी बिरोध भएको छ  ।नेपाल जेसिजका अध्यक्ष बिकास मानन्धरले आफू महासचिव हुँदा मान्यता दिएको समितिलाई अहिले आएर मान्यता नदिनु गलत भएको सरिता साउदले बताइन् ।तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा जारी सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी भएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र ‘घ’ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहेको छ । विवादका बिसयमा नेपाल जेसिसका अध्यक्ष बिकास मानन्धरले प्रतिक्रिया जनाउन चाहेनन् । प्रतिक्रियाका लागि कार्यक्रम स्थलमै गएर भेट्न खोज्दा पनि मोवाइल अफ गरेर उनी सम्पर्कमा आउन चाहेनन् ।

कमेन्ट गर्नुहोस्