लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही सहित आज पनि देशैभरी वर्षाको सम्भावना

IMG

तिलोत्तमा सिटी । भदौ ८ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



यस्तै, रुपन्देहीमा पनि निरन्तर बर्षा भैरहेको छ भने पानी पर्ने क्रम आगामी शनिबारसम्म नै जारी रहने अनुमान गरिएको छ । लगातारको वर्षाले रुपन्देहीका तिनाउ, रोहिणी, डण्डा र दानव लगायतका विभिन्न नदी तथा खोला नालामा पानीको बहाव बढेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद् पौडेलका अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने र लगातार झरी नपर्ने सम्भावना छ । 


कमेन्ट गर्नुहोस्