लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘काँडेतार’को च्यारीटी सम्पन्न, पुर्वसाम्सद देखी जनप्रतिनिधीले हेरे फिल्म,उत्साहित प्रतिक्रिया

IMG
बुटवल, भाद्र २ गते २०८० । चलचित्र ‘काँडेतार’को बुटवलको भ्यु सिनेमाजमा च्यारीटी शो सम्पन्न गरिएको छ । शनिबार बुटवलमा सम्पन्न शोमा लुम्बिनी प्रदेशका पुर्व साम्सद दधिराम न्यौपाने, बुटवलका पुर्व मेयर शिवराज सुबेदी, तिलोत्तमाका उपमेयर जगेश्वर देवी चौधरी, जनप्रतिनिधीहरु कृष्ण प्रसाद पौडेल, बिष्णु बराल, सुरेन्द्र श्री, राधा शाही, लक्ष्मी घिले, ब्यबसायी बिमल भट्टराई लगायत  विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ र युवाले चलचित्र हेरेका छन् ।

अभिनेता तथा निर्माता नवल खड्काको निर्देशन तथा बुटवलकी निर्माता अन्जु केसीको निर्माणमा बनेको चलचित्रको च्यारीटी शो नेपाल भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उद्देश्यले गरिएको जनाइएको छ । चलचित्र हेरेपछि बिशिष्ठ व्यक्ति संगै दर्शकहरुले कथावस्तु, प्रस्तुतीकरण र प्राविधिक पक्ष, फिल्मले देखाउन खोजेको चेतनाको प्रशंसा गरेको निर्माता अन्जु केसीले बताईन । अहिलेसम्म नेपालका चारवटा प्रमुख शहरमा च्यारिटी शो गरेको चलचित्रको छिट्टै भैरहवा र सबै जिल्लामा च्यारिटी शोको आयोजना गर्ने तयारी भइरहेको समेत केसीले जनाएकी छिन ।

फागुन २५ गते शिवरात्रीबाट प्रदर्शनमा आउने चलचित्र नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार या पर्खाल लगाएर सीमालाई व्यवस्थित गरी सिमा सुरक्षा र मित्रताको सम्बन्ध कायम राख्न सुझाएको छ। खुल्ला बोर्डर, र ब्यापार निती तथा भारतीय सेनाप्रतिको ज्यादतीको बिरुद्धमा फिल्मले आफ्नो क्रान्ती बोलेको छ। ससक्त अभिनयका धनी पोख्त कलाकारले गरेओ अभिनयलाई दर्शकले निकै मनपराएका छन्। सिमामा काँडे तार लगाउन उपयुक्त छ भनेर सेतो कपडामा हस्ताक्षर समेत संकलन गरिएको सो फिल्मले छिमेकी देशसंगको दौत्य सम्बन्ध र यसको सहजतासंगै देशभक्तीको कथावस्तु बोकेको छ।

कमेन्ट गर्नुहोस्