लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभक्ती फिल्म काँडेतारको बुटवलमा च्यारिटी शो हुँदै

IMG
साउन ३२ गते २०८०,तिलोत्तमा।  सिमा समस्या समाधानको लागि नेपालको सिमामा काँडेतार लगाउन पर्छ भन्ने भाव बोकेको देशभक्ती फिल्म काँडेतारको बुटवलमा च्यारिटी शो हुने भएको छ। बुटवलको भ्यु सिनेमाज सिंह कम्प्लेक्समा आगामी शनिबार भाद्र २ गते बिहान ९ बजे र दिउसो १२ बजे गरि २ शो च्यारिटी हुने निर्माता अन्जु केसीले बताउनुभएको छ। फिल्म विषयवस्तु नेपाल र नेपालीको स्वविमानलाई उजागर गर्ने भएको भन्दै निर्माता केसीले फिल्म हरेक नेपालीले हेर्नै पर्ने बनेको उनीहरुले धारणा राख्नुभएको छ। सो फिल्ममा अभिनेताको रुपमा रहेका निर्माता निर्देशक नबल खड्काले सार्वजनिक प्रदर्शन अगाडि फिल्मको बारेमा प्रमुख शहरका दर्शकबाट प्रतिक्रिया लिने उद्देश्यले च्यारिटी गरिएको बताए ।

आगामी फागुन २५ गतेबाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय रहेको छ । फिल्मको मुख्य भूमिकामा निर्देशक खड्का पनि छन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको सङ्गीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् ।

तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रूपमा छन् भने कार्यकारी निर्माता नवलकी पत्नी गायिका सत्यकला राई हुन् । फिल्मको विदेशबाट पनि उच्च माग भइरहेको छ ।२०८० फागुन २५ गते शिवरात्रीमा फिल्म रिलिज हुने छ ।फिल्ममा नेपाल र भारतबीचको सीमा काँडेतार लगाएर व्यवस्थित गर्नुपर्ने आवाज उठाइएको छ । फिल्ममार्फत् आफूले उठाएको विषय गम्भिर रहेको र त्यसमा सरकारले कर छुट लगायतका अनुदान दिनु पर्ने उनको माग छ ।‘काँडेतारलाई राज्यद्वारा आर्थिक अनुदान, करमा छुट, स्वदेशमा सिंगल प्रर्दशन गर्नै वातावरण र विदेशमा प्रदर्शन गर्न कुटनैतिक पहल होस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि सेन्सर बोर्डले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै सेन्सर पास रोकेको थियो । तर केही दृश्य हटाइएपछि फिल्मले सेन्सर प्रमाणपत्र पाएको छ ।

कमेन्ट गर्नुहोस्