
साउन २८ गते २०८० , तिलोत्तमा। एसियायी तेक्वान्दो भारत मा २०२३-०८-०४ देखि २०२३-०८-०६ सम्म भारतको हैदराबादमा भएको ७औ दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै यस रुपन्देही जिल्लाबाट खेलमा सहभागिता जनाएर देशकै नाम उच्च बनाएका छन्। निकै प्रतिश्प्रधात्मक बनेको सो खेलमा नेपालको तर्फबाट रुपन्देहीका दिवानी मगरद्वारा १ स्वर्ण पदक, १ काश्य पदक,आदेश भट्टराईद्वारा १ स्वर्ण पदक, १ काश्य पदक,राहुल थापाद्वारा १ स्वर्ण पदक, १ काश्य पदक, बिश्व सुर्यबम्शि मगरद्वारा ४ काश्य पदक दिलाउन सफल भएका छन।
सो खेलमा सहभागी भएर जिल्ला प्रदेश र नेपालको शिर उच्च राख्न सफल बनाउन बिशेष भुमिका निभाउनु हुने प्रशिक्षक एलिस अर्याललाई विशेष धन्यवाद दिइएको बताइएको छ। आगामी दिनमा बिश्वका अन्य देशभएका प्रतियोगितामा सहभागी हुन योग्य खेलाडी उत्पादन गरिएको प्रशिक्षक एलिस अर्यालले बताएनुभयो । नेपालका लागि यो एकदमै गौरवको कुरा भएकोले खेलाडीको सम्मानमा देशले समेत चासो व्यक्त गर्नुपर्ने प्रशिक्षक अर्यालको भनाई छ।
कमेन्ट गर्नुहोस्