लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवाको निराशा, बेरोजगारी र गरिबीको कथा लिलामी सार्बजनिक

IMG

तिलोत्तमा, साउन २७ गते २०८०। एकपछि अर्को सफल लघु फिल्म निर्देशन गर्दै आएका रामजी ज्ञवालीको निर्देशन रहेको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ। चलचित्रमा नेपालमा युवाहरुले भोग्नुपरेको बेरोजगारीको अवस्था र बाध्यताले बिदेशीनुको पिडाको कथा समेटिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको हो ।आफैमा सन्चारकर्मि समेत रहेका निर्देशक ज्ञवालीले देशभित्रको यथार्थ कथालाई चलचित्रमा उठान गरेको बताउँछन् । उनी भन्छन्, 'समाजभित्र देखिएको कथालाई नै चलचित्रमा उतारेका छौं । बेरोजगोरीका कारण दिनुहँ थुप्रै युवाहरु बिदेशीनु परेको छ । देशको अवस्था यस्तै छ ।'


चलचित्रमा महेश खड्का र सविना राउतको मुख्य भूमिका रहेको छ । साथै दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेको पनि अभिनय देख्न सकिन्छ । चलचित्रको कथा भने पवन बस्यालले लेखेका हुन् ।निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक जीवन भण्डारी हुन् । लिलामीको व्यवस्थापकको जिम्मेवारी युवराज घिमिरेले र सम्पादनको जिम्मेवारी नहकुल खड्काले निर्वाह गरेका छन् । चलचित्र १४ मिनेट लामो छ ।

 

कमेन्ट गर्नुहोस्