लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्ती नदीको तटबन्ध निर्माण ढुंगा अभावमा रोकियो

tillotmacitynews - 2023 Aug 10 09:53 AM
IMG

तिलोत्तमा सिटी । साउन २५ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ स्थित राप्तीनदीमा शुरु गरिएको तटबन्ध निर्माणको काम ढुंगा अभावमा रोकिएको छ । जनताको तटबन्ध कार्यालय लमहीले उक्त स्थानमा असार दोस्रो साताबाट तटबन्धको काम शुरु गरेपनि नियमित ढुंगा नपाएपछि काम रोक्नुपरेको कार्यालय प्रमुख धर्मकुमार न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार, अहिलेसम्म झण्डै ३० प्रतिशत काम भएको छ ।


यसअघि नै सम्पन्न भइसकेको सोनबर्षाको तटबन्ध निर्माण गर्दाको भुक्तानी समेत दिनुपर्ने भएकाले अहिले सरकारबाट प्राप्त रकमले ३० प्रतिशत मात्रै काम गर्न सकिएको त्यसमाथि ढुंगा अभावले काम रोक्नुपरेको न्यौपानेको भनाई छ ।


राप्ती नदी नियन्त्रण तथा तटबन्ध बनाउन संघीय सरकारबाट दुई करोड रूपैयाँ बजेट बिनियोजन गरिएको थियो । सो क्षेत्रका प्रदेश सांसद कृष्णा केसी (नमुना) ले तत्कालै अति जोखिममा रहेका कचनापुर र खल्ला झगडियामा गर्ने भनिएको तटबन्ध निर्माणको काम विभिन्न बाहनामा रोकिनु दुःखद भएको प्रतिक्रिया दिनुभएको छ । 

कमेन्ट गर्नुहोस्