लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१०१ पिन्ट रगत संकलन सहित जानकीनगरमा रक्तदान कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा, साउन २४ गते २०८०। स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा, सगरमाथा टाेल विकास संस्था र ग्लाेबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा तिलोत्तमा २ जानकीनगरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १०१ जनाले रक्तदान गरेको कार्यक्रम सगरमाथा टाेल विकास संस्थाका अध्यक्ष ध्रुब पाण्डेको अध्यक्षता, तिलोत्तमा वडा नं. २ का वडाध्यक्ष डिलबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेकाे थियाे ।


रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उदघाटन गर्दै वडाध्यक्ष भट्टराईले बिरामीलाई आवश्यक रगत स्वयंसेवी रक्तदाताले दिँदै आएकाे र रगतमा लाग्ने व्यवस्थापन शुल्क स्थानीय सरकारले व्यहाेर्ने कार्यकाे थालनी भइसकेको जिकिर गर्दै हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे। उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गाेविन्द भुसाल लगायतले बाेल्दै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लाग्नुपर्नेमा जाेड दिएका थिए । 


कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा आचार्य, वडा नं. २ का जनप्रतिनिधि खेमराज पाठक, डाेलबहादुर थापा तिलाेत्तमा शाखाका सल्लाहकार टेकबहादुर थापा, अर्जुनप्रसाद पाैडेल, ग्लाेबल ओरियन्स नेपाल जानकीनगर शाखाका इन्चार्ज दिपक शाह लगायतको उपस्थिति रहेकाे थियाे ।धेरैजसो प्रथम पटक रक्तदान गरिरहेका रक्तदाता र ४० जना भन्दा बढी महिलाले रक्तदान गरेको उक्त कार्यक्रम रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोग र तिलोत्तमा शाखाका आजीवन सदस्य विष्णु भण्डारीकाे संयाेजनमा सम्पन्न भएकाे थियाे ।कार्यक्रम सगरमाथा टाेल विकासका देवकी न्याैपानेकाे स्वागत तथा कमला आचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्