लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्व आदिवासी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

tillotmacitynews - 2023 Aug 09 10:08 AM
IMG

तिलोत्तमा सिटी । साउन २४ गते । आज २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पनि कार्यक्रम गर्दैछ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । आदिवासी जनजाति ऐन २०७४ अनुसार आदिवासी जनजाति भन्नाले आदिवासी जनजाति आयोगको सिफारिसमा नेपाल सरकारले तोकेको जाति वा समुदायलाई बुझाउँछ । आयोगमा अहिलेसम्म विभिन्न ६० वटा आदिवासी जातजाति सूचीकृत छन् । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा नेपालमा १ सय ४२ जातजाति रहेका छन् ।


यसैबीच दिवसको अवसरमा 

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हकको कार्यान्वयन गरि राज्यको संरचनामा दादिवासी जनजातीहरुको समानुपातिक पहुँच पुर्याउन सामुहिक आन्दोलनलाई संगठित गर्न सबैको ध्यान जानु अनिवार्य रहेको बताउनु छ् । आज परेको २९ औ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हकको कार्यान्वयन गरि राज्यको संरचनामा आदिवासी जनजातीहरुको समानुपातिक पहुँच पुर्याउन सामुहिक आन्दोलनलाई संगठित गर्न सबैको ध्यान जानु अनिवार्य रहेको बताउनुभएको छ । विश्वका अन्य जातजाति सरह आदिवासी जनजातीहरुको पनि सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक तथा नागरिक अधिकारको पहुँच पुर्याउन यो दिवस महत्वपूर्ण रहेको भन्दै उहाँले शुभकामना ब्यक्त गर्नुभएको छ ।


यसैबीच जनजाति आयोग, आदिवासी जनजाति महासङ्घ तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लगायतले आज देशव्यापी रुपमा बिबिध कार्यक्रमको आयोजना गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तिलोत्तमा नगर समन्वय समितीले पनि दिवश कै अवसरमा आज तिलोत्तमा ९ शंकरपुरमा बिशेष सास्कृतिक भेषभुषा झल्किने गरि झाकीं र्याली सहितको बिशेष सास्कृतिक कार्यकमको आयोजना गरिएको छ ।् ा ६ वटा एकल समुदायको आयोजना रहे पनि सो कार्यकमम सम्पूर्ण जनजातिलाई सहभागिताका लागी अनुरोध गरिएको छ ।  आज बिहान ११ बजे मणिग्राम चोकमा जम्मा भै बिशेष र्याली निकालिने कार्यकम रहेको सचिव प्रेम कनौजे मगरले जानकारी दिनुभएको छ ।


कमेन्ट गर्नुहोस्