लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज देशभर झरीको सम्भावना, रुपन्देहीमा भैरहेको बर्षा केही मथ्थर

IMG

तिलोत्तमा सिटी । साउन २३ गते । देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । तिनाउ नदीमा पानिको सतह खतराको नजिक पुगेको छ । वर्षाका कारण रुपन्देहीका साना ठुला नदीहरुको जलस्तर बढेको छ । रुपन्देहीमा गयरातीबाट भैरहेको बर्षा अहिले भने केही मत्थर भएको छ । तर रुपन्देहीमा आज साँझबाट पुन बर्षाको संभावना रहेको मौसमविदहरुले अनुमान गरेका छन ।


मौसमविद् गोविन्द झाका अनुसार आज देशका धेरै जसो स्थानमा दिनभरी नै पानी पर्ने सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने उहाँले बताउनुभयो । पर्सि भने आज र भोलिको तुलनामा कम पानी पर्ने अनुमान छ । यस्तै, खासै पानी नपरेको मधेस प्रदेशमा पनि गएरातिदेखि पानी परिरहेको छ । मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा भइरहेको र अझै हुने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । मौममविद् झालेका अनुसार पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै २५९ मिलिमिटर वर्षा भएको छ। यस्तै सिन्धुलीमा २४५, बारामा २३०, बाँकेको कुसुममा २०३ र काठमाडौंमा ७५.६ मिलिमिटर वर्षा भएको छ। वर्षा भएसँगै मधेश प्रदेशका किसानलाई भने राहत मिलेको छ । 

कमेन्ट गर्नुहोस्