लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सियारीमा विरेन्द्र दृष्टिविहिन बाल क्लव गठन

IMG

१३ साउन, तिलोत्तमा। दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तीहरुका लागि सियारीमा विरेन्द्र दृष्टिविहिन सात सदस्यीय बाल क्लव गठन कार्यक्रम सम्पन्न भएको छ । नेत्रहिन युवा संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको सियारी  गाउँपालिका वडा नम्बर ५ मा रहेको  श्री विरेन्द्र माध्यमिक विद्यालयका दृष्टिविहिन व्यक्तीहरुको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । क्लवको अध्यक्षमा बसन्त थापा, उपाध्यक्षमा सपना तरामु, सचिवमा करण सुनार , सह सचिवमा सकित घिमिरे , कोषध्यक्षमा चन्द्रमान चौधरी , सदस्यमा एलिसा चौधरी र विपना सुनार रहनुभएको छ । 


कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका वडन नम्बर ५ का  अध्यक्ष धनपति खरेलले अपांगता भएका व्यक्तीले  पनि नेतृत्व पाउँने हो भने सफल नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने र आगामी दिनमा विगतमा जस्तै गरी क्लवले आयोजना गरेका कार्यक्रममा अबका दिनमा आफु र आफ्नो वडाले गर्न सक्ने सहयोग गर्ने  प्रतिबद्धता जनाउनु भयो ।यस्तै गरी कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीले विद्यालयले आयोजना गर्ने शुक्रबारिय कार्यक्रममा अबका दिनमा क्लबले कार्यक्रम आयोजना गर्नका लागि शुभकामना दिदै र विद्यालयले आवश्यक पर्ने सहयोग सधै गरिरहने कुरामा जोड दिनुभयो ।


कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापक समितीका  अध्यक्ष चन्दैकान्त बस्यालले  विगतदेखि नै अपांगता भएका व्यक्तीहरुका लागि हक हितका लागि सहयोग गर्दै आएको आगामि दिनमा पनि गर्ने बताउनुभयो । क्लबबाट कार्यक्रम आयोजना गरी सफलताको लागि शुभकामना भएका समेत दिनुभयो ।कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जीवन पोख्रेलले अपांगता भएका व्यक्तीका लागि पनि विद्यालय ,समुदायमा सञ्चालन गरिने कार्यक्रममा अपांगता भएका व्यक्तीहरुका लागि पनि सहभागीता गराइयो भने नेतृत्वदायी भुमिकामा पुगी सफल नेतृत्व गर्न सक्छन आगामी दिनमा विद्यालयबाट आयोजना हुने कार्यक्रममा अपांगता भएका व्यक्तीहरुलाई पनि सहभागी गराउन समेत आग्रह गर्नुभयो । त्यसको लागि आवश्यक पर्ने सहयोग आफु र संस्थाबाट हुन सक्ने सहयोग गर्न सधै तयार रहेको कुरा बताउनुभयो ।


संस्थाका सचिव रिसीराम वि.सीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लव गठनको सहजीकरण विद्यालयका शिक्षक माधव कंडेल, लोकनाथ सापकोटाले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्