लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते

IMG

१३ साउन, तिलोत्तमा। दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।लमही- घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् । घाइते हुनेहरूमा लमही नगरपालिका- २ बस्ने बर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


घोराहीतर्फ आउदै गरेको ट्रकको  घोराही उपमहानगरपालिका-३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो । टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्