लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईसीसीकाे बोल्ड निर्णय : अब पुरुष र महिला क्रिकेटका लागि समान पुरस्कार

IMG

तिलोत्तमा सिटी । असार ३० गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिको घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले यो ऐतिहासिक घोषणा गरेको हो । यो निर्णयसँगै अब हुने आईसीसी प्रतियोगितामा पुरुष र महिला टिमले समान पुरस्कार राशि पाउने छन् । आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले यो निर्णय खेलकुदको इतिहासमा महत्त्वपूर्ण क्षण भएको बताउनुभयो ।



अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र १९ वर्षमुनिको महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उहाँले बताउनुभयो ।‘यो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो । आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्, म खुशी छु,’ उहाँले भन्नुभयो । आईसीसीले पुरस्कार राशि समान बनाउन सन् २०१७ देखि नै हरेक वर्ष महिलातर्फको प्रतियोगिताहरूमा पुरस्कार राशि बढाउँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्