
तिलोत्तमा सिटी । असार २८ गते । बाढी पहिरोका कारण मेची राजमार्ग, तमोर करिडोरसहित लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडकखण्ड बन्द छन् । सडक विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी, चारआली, इलाम, फिदिम, गणेशचोक, ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको छ । यस्तै, तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट, माँझीटार, अमरापुरडाँडा, गणेश चोकखण्ड अवरुद्ध छ । लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेसीसहर–चामे सडक पनि अवरुद्ध छ ।
पाल्पाको तानसेन–रिडी, कोरला सडकको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर, चामे सडकखण्डको लमजुङमा, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिलेको मुडे, हाइटार र दोभानमा सडक एकतर्फी छ । पाल्पाको हिउँदे खोला, दैलेखको दहिखोलालगायत ठाउँमा पनि सडक एकतर्फी रहेको विभागले जनाएको छ । काठमाण्डौ जोड्ने मुख्य लाइफलाइनका रुपमा रहेको मुग्लिन–नारायणगढ सडकमा अहिले नियमित रुपमा गाडी चलिरहेका छन् ।
कमेन्ट गर्नुहोस्