लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा बादल बुदुल, ठूलो वर्षाको सम्भावना न्युन

IMG

तिलोत्तमा सिटी । असार २८ गते । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । आज बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आँशिक देखि सामान्य बदली रहेको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  रुपन्देहीमा भने आज दिनभरि नै सामान्यतया बादल्बुदुल रहेपनि ठुलो बर्षाको सम्भावना भने छैन । यस्तै, आज  राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ÷गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा÷हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्