लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा पछिल्लो १५ दिनको अवधिमा १ हजार बढिले लिए नागरिकता

IMG

तिलोत्तमा सिटी । असार २८ गते । नागरिकता सम्बन्धी नयां ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहेको छ । यो प्रावधानअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा हालसम्म एक हजार ८२५ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएका छन ।



रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगांवावाट नागरिकता दिने काम भइरहेको छ । लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म जन्मसिद्धका सन्तानका आधारमा नागरिकता कसैले पनि लिएका छैनन । उक्त ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो । लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये रुकुम पूर्व, प्युठान र रोल्पा जिल्लामा जन्मसिद्धका सन्तानका आधारमा कसैले पनि नागरिकता लिएका छैनन । 

कमेन्ट गर्नुहोस्