
तिलोत्तमा सिटी / असार २४ काठमाडौं । मुकुन भुषालको शीर्ष भूमिका रहेका दुई फिल्मको प्रदर्शन एउटै मितिमा हुँदैछ । ‘ऐंचो पैंचो’ र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुँदैछन् । रोचक कुरा, निर्माताले फिल्मको प्रचार सामाग्री पनि शुक्रबार जुधाएरै सार्वजनिक गरे । यसो हुँदा फिल्मको प्रचारमा मात्र समस्या हुँदैन प्रदर्शनमा समेत निर्मातालाई आर्थिकरुपमा चुनौति हुन जान्छ । अभिनेता भुषाल पनि यही कठिनाइमा छन् । ‘गणपति’को गीत रिलिज कार्यक्रममा उनले आफूलाई दर्शकले माया गर्ने भन्दै स्वभाविक जवाफ दिए ।
उनले भने, ‘व्यवसायीक पाटो कलाकारलाई थाहा हुने कुरै भएन । तर, मलाई दर्शकले दुबै फिल्मलाई माया गर्नुहुन्छ जस्तो लाग्छ किनकि यी दुबै फिल्म मेरो लागि महत्वपूर्ण छन् ।’ उनले दुबै फिल्मको प्रवद्र्धनमा जुट्ने समेत बताए । ‘गणपति’मा मुकुन र मेनुका प्रधानको शीर्ष भूमिका छ ।
गणपतिलाई प्रचारमा खट्नुपर्ने दवाव उनीसामु छ । तर, ऐंचो पैंचो स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला लगायतको मल्टिस्टारर फिल्म भएकाले त्यति दवाव हुनेछैन ।
कमेन्ट गर्नुहोस्