लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा हास्य टेलिश्रृखला देखियोनी निर्माण सुरु, सिरिजको रुपमा अगाडी बढ्ने

IMG

तिलोत्तमा,२१ असार २०८० साल।  श्रीनगर फिल्मस प्रोड्क्सन प्रालीको प्रस्तुतिमा हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने भएको छ। समसामयीक विषय बस्तुलाइ व्यंगात्मक शैलिमा  यथार्थ  चित्रण गरिनेछ।उक्त टेली फिल्ममा यसै क्षेत्रबाट स्थापीत कलाकारहरु गिरी प्रसाद पुन लाहुरे दाइ , प्रदीप ढकाल , बिष्णुजी पान्डे माइलाबा , करन तुलाचन, ललिता भुसाल , सागर खनाल , नवकलाकारहरु कृष श्रेष्ठ , बिनिता भट्टराई , सलिना गुरुङ लगायतको अभिनय रहनेछ।गिरि प्रसाद पुनको गीत ,  बि . बि . अनुरागीको संगीत , मनिष पन्थको छायांकन , सम्पादन  तथा गिरी प्रसाद पुन र मनिष पन्थको संयुक्त रुपमा लेखन निर्देशन रहनेछ अहिले धमा धम छायांकन भैराखेको टेलि सिरियल  छिट्टैनै श्रीनगर फिल्मस युटुब च्यानल मार्फत  सार्बजनिक गरिने छायांकार तथा निर्देशक मनिष पन्थले जानकारी गराएका छ्न । 




कमेन्ट गर्नुहोस्