लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एसइईको नतिजा गत वर्ष भन्दा सुधार

IMG

तिलोत्तमा / २१ असार । एसइईको नतिजामा गत वर्षसम्म सुधार देखिएको छ। ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ। गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेका छन्।

त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या पनि १३ हजार ४४२ ले बढेको छ। यस वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ। गत वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनको संख्या ४१ हजार ६२७ रहेको थियो।

२.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि २ हजार ४६२ ले बढेको छ।

गत वर्ष ६९ हजार ९०० ले २.८ देखि ३.२ जिपिए ल्याएकामा यस वर्ष ७२ हजार ३६२ रहेको छ।

यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ। यो संख्या भने १ हजार ४२७ ले घटेको हो। अघिल्लो वर्ष ९० हजार ७५८ ले यो जिपिए ल्याएका थिए।

यसवर्ष सबैभन्दा बढी २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी रहेका छन्। यस वर्ष १ लाख २ हजार २९३ ले २ देखि २.४ जिपिए ल्याएकामा अघिल्लो वर्ष यो संख्या १ लाख १२ हजार ७३३ थियो। २ देखि २.४ जिपिएमा १० हजार ४४० घटेका हुन्।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।

गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।


कमेन्ट गर्नुहोस्