लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पाको बल्ढेङगढीमा बाढीको जोखिम, रुपन्देहीमा बादल बुदुल

tillotmacitynews - 2023 Jul 05 09:54 AM
IMG

तिलोत्तमा सिटी । असार २० गते । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । रुपन्देहीमा भने आज बादुल्बुदुल भएपनि वर्षा भने भएको छोइन । रुपन्देहीमा आज्दिन्भारी नै मौसम बादल बुदुल रहने पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरी चल्ने सम्भावना पनि छ । गएराति लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । ठूलो वर्षाका कारण पाल्पाको बल्ढेङगढीमा बाढीको जोखिम बढेको छ ।


बल्ढेङगढी आसपासका खोलामा बाढी आउने खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस क्षेत्रको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षाको अनुमान रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । भोलि पनि मौसम यस्तै रहने अनुमान छ ।  पर्सिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

कमेन्ट गर्नुहोस्