लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धार्थ राजमार्ग एकतर्फी सन्चालनमा

tillotmacitynews - 2023 Jul 05 09:45 AM
IMG

तिलोत्तमा सिटी । असार २० गते । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सन्चालनमा छन् ।  विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । यस्तै कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ ।  मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम,गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ । यसैगरी तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध छ ।




यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ । तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड एकतर्फी चालु छन् । हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ । हालसम्म सडकमा २ लाख ४९ हजार ६२३ रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्