लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेसको नाममा खोलिएका सामाजिक सञ्जालका अकाउन्ट र पेजलाई कानुनी दायरामा ल्याउने

IMG

तिलोत्तमा / १९ असार । नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलेका सामाजिक सञ्जालका पेजलाई कानुनी दायरामा ल्याउने भएको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलेका पेजलाई सम्पर्कमा आउन एक महिनाको समय दिएको छ।


सोमबार बसेको विभागको बैठकले एक महिनाभित्र सम्पर्कमा नआउने त्यस्ता पेजलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको विभाग प्रमुख मीनबहादुर विश्वकर्माको भनाइ छ।


प्रचार विभागले आफ्नै वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल पनि सञ्चालन गर्ने भएको छ।


‘हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजलाई आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने निर्णय भएको छ,’ उनले भने । 


कमेन्ट गर्नुहोस्