लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बर्दियाकी चन्द्रा , तेस्रो लुम्बिनी एकल लोकगीत प्रतियोगिताको विजेता

IMG

तिलोत्तमा , असार १५ गते २०८०।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले चुमेकी छन् । विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधीसँगै ५१ हजार १ सय ११ रुपैयाँ नगद हात पारिन । बाँकेका चन्द्रबहादुर बिश्वकर्मा प्रतियोगितामा द्वितीय हुँदै ३१ हजार १ सय ११ रुपैयाँ नगद हात पारेका छन् भने रुपन्देहीका मधु परियार तृतीय हुदै नगद २१ हजार १ सय ११ रुपैयामा चित्त बुझाए । सात्वना स्थान हासिल गरेका रोल्पाका प्रगती विष्ट क्षेत्रीले ५ हजार १ सय ११ रुपैयाँ जितिन । उपाधी विजेता ४ जनाले चर्चीत संगितकार खेम सेन्चुरीको एल्बममा गित गाउन तथा अभिनयका लागि अवसर पाउने छन् । प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले पुरस्कार वितरण गरिन् ।


प्रतियोगिताका संयोजक नारायण विपी परियारका अनुसार प्रतियोगितामा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा १ हजार २३ जना बढी सहभागी भएका थिए । डिजिटल तथा लाइभ अडिसनबाट फाइनलिस्टहरु छनोट गरिएको थियो । लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट एक जना तथा अन्य जिल्लाबाट २/२ जना फाइनलिष्ट छनोट गरिएको थियो । यसैगरी प्रतिष्ठानले विश्व संगीतको दिवसमा लुम्बिनीमा कलाकार हित कोष स्थापना गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले हितकोषको ब्यानर खोलेर उद्घाटन गरिन् । लुम्बिनी प्रदेश अन्तरगत रहेर कलाकारिताका क्षेत्रमा काम गर्नेहरुको सामाजिक सुरक्षा तथा उनीहरुको हितका लागि कोषको स्थापना गरिएको प्रतिष्ठान लुम्बिनी अध्यक्ष दिपु मगरले बताए । आफ्नो कार्यकालमा हितकोषलाई कम्तिमा १० लाख पुर्याउने लक्ष्य रहेको उनले बताए । यसैगरी प्रतिष्ठानको भवन निर्माणलाई समेत पूर्णता दिने उनले उल्लेख गरे । विभिन्न सामाजिक संघ–संस्था तथा लोक दोहोरी क्षेत्रमा लागेका व्यक्तिहरुबाट सहयोग संकलन गरी हित कोष स्थापना गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्