
तिलोत्तमा सिटी / १३ असार । मुग्लिन-नारायणगढ सडकखण्डको भरतपुर- २९ सिमलतालमा मंगलबार दिउँसो १ः१५ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको बागमती प्रदेश ०२-४० प ०५५९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा चालक रसुवा उतरगया गाउँपालिका वडा नं ४ बस्ने २१ वर्षीय राजेश पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा दिउँसो २ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल पछाडि सवार रसुवा उतरगया गाउँपालिका वडा नं ४ बस्ने २४ वर्षीय देवप्रसाद आचार्य मधयम घाइते भई भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्