लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इलाममा आगलागीबाट आठ घर जलेर नष्ट

IMG

तिलोत्तमा सिटी , असार १२ इलाम । माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्।


स्थानीय समिर चेम्जोङको घरबाट शुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन। गएराति करिब २ बजेदेखि आगलागी भएको हो। स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ। स्थानीय अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन।


रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। के कारणले आगलागी भयो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्