लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेम चलाउनेको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

tillotmacitynews - 2023 Jun 23 07:09 AM
IMG

तिलोत्तमा / असार ८ । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कुटपिट गर्ने नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।


न्यायाधीश मनोजकुमार शर्माको इजलासले तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नगर्ने आदेश दिएको हो । सरकारको निर्णयपछि उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका छन् । चलाउनेलाई न्याय माग्दै प्रदर्शनहरु समेत भएका छन् । सर्वोच्चले मुद्दा फिर्ताको कारण पेश गर्न विपक्षीको नाममा आदेश गरेको छ ।


उपप्राध्यापक चलाउने २० असोज २०८० विश्वविद्यालय परिसरमा हिडिरहेको बेला आक्रमणमा परेका थिए । नेविसंघका नेता हरि आचार्य, योगेन्द्र रावल सहित ७ जनाको समूहले बाँस र भाटाले टाउकोमा प्रहार गरेर सडकमा लडाए । बर्बरतापूर्वक आक्रमण गरेका थिए । उपप्राध्यापक चलाउने घस्रिएर त्रिवी क्रिकेट मैदानतिर पल्टिदा एकजना महिलाले देखेर चिच्चाए पछि अन्य मान्छेहरु आएर बाँच्न सफल भएका थिए ।


नेविसंघका नेताहरूविरुद्ध जिल्ला अदालतमा विचाराधीन ‘ज्यान मार्ने उद्योग’को मुद्दा फिर्ता लिने सरकारको उक्त निर्णयविरुद्ध बुधबार चलाउने सर्वोच्च पुगेका थिए ।

कमेन्ट गर्नुहोस्