लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लाखौंको ट्यांकी आयो तर पानी आएन

tillotmacitynews - 2023 Jun 22 01:20 PM
IMG

तिलोत्तमा / असार ७ । सप्तरीको सदरमुकाम राजविराजबाट दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकाको सखडामा झट्ट हेर्दा भ्युटावरजस्तो देखिने पानीट्यांकी छ ।


गाउँपालिकाका अध्यक्ष हुन् २७ वर्षीय विद्यानन्द चौधरी । उक्त पानीट्यांकी निर्माण हुँदा उनी ४ वर्षका थिए । उनी भन्छन्, ‘उखरमाउलो गर्मी छ तर न ट्यांकीमा पानी छ न धारामा, गाउँले यही ट्यांकी हेरेर अझै पनि पानी आउने आस गर्छन् ।’


अध्यक्ष चौधरीका अनुसार पालिकाले यो ट्यांकीमा पानी भरेर वितरण सुरु गर्न ८७ लाख रुपैयाँ लाग्ने लागत इस्टिमेट गरेको छ । तर बजेट नहुँदा सखडाको खानेपानी आयोजनाको ट्यांकीमा झार उम्रिएको छ । त्यसपछि न ट्यांकी सञ्चालनमा आयो, न त धारामा पानी पुनः आउने बनाउन कोही अघि सर्‍यो । 


‘खानेपानीसँग सम्बन्धित कागजपत्र ३ पटक मागिसकें,’ अध्यक्ष चौधरीले भने, ‘तर, खानेपानी कार्यालयले मतलब गरेको छैन ।’ यो ट्यांकीबाट पानी वितरण हुन सके छिन्नमस्ता गाउँपालिकाको सखडा, गोविन्दपुर र महुवाका बासिन्दा लाभान्वित हुने थिए ।

कमेन्ट गर्नुहोस्