
तिलोत्तमा सिटी / असार ४ ललितपुर - ललितपुर महानगरपालिकाले नदीमा फोहोर मिसाउने दुइटा ट्यांकरलाई एक लाख रुपैयाँ जरिवाना तिराएकोछ। आइतबार अन्य ठाँउबाट सेप्टिक ट्यांकीको फोहोर नदिमा ल्याएर फालेको हो ।
महानगरले अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने दुइटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।
उनीहरूले विभिन्न ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर च्यासल नजिक जग्गामा फोहोर फाल्न मिल्ने संरचना बनाएका थिए। जसको निकासा खोलामा गरिएको थियो।![]()
'एउटा ट्यांकरले एकपटक फोहोर फाल्दा ५०० रुपैयाँ तिर्ने गरेको रहेछ,' उनले भने, 'करिब छ महिनादेखि त्यसरी फोहोर फाल्ने काम भइरहेको रहेछ।'।
कमेन्ट गर्नुहोस्