लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्छौ : नगर उपप्रमुख चौधरी

IMG

तिलोत्तमा,असार ३ गते २०८०।वैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ तिलोत्तमा नगरपालिकाले सीप विकास तथा उद्यमशिलता तालिम संचालन गरेको छ ।उनीहरुलाई १८ दिने बेकरी, बारिष्टा सीप तथा उद्यम विकासको तालिम दिईएको हो ।आईतबार एक समारोहका बिच सहभागीहरुलाई प्रविधि हस्तान्तरण तथा तालिम समापन भएको छ ।


कार्यक्रमको तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, वडा नं २ का डिल बहादुर भट्टराई, वडा नं। ६ मा गणेश पाठकले तालिममा सहभागीहरुलाई तालिमको प्रमाणपत्रका साथै प्रविधि हस्तान्तरण गरेका छन् । कार्यक्रममा तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार पहिलो चरणको आधारभुत तालिमसंगै थप एडभान्स कोर्ष दिने प्रतिबद्धता जनाइन् ।तालिम लिएपछि अनिवार्य ब्यवसाय, उद्यम गर्न सुझाव दिदै उनले बजारमा राम्रो माग भएको कफि र बेकरीको तालिम प्रभावकारी भएको बताईन् ।


कार्यक्रममा वडा नं-१ का वडाअध्यक्ष वडा नं-२ का वडाअध्यक्ष तथा कार्यपालिका सदस्य डिल बहादुर भट्टराईले कफी स्वादका लागि मात्र नभई स्वस्थ्यका लागि धेरै उपयोगी भएको बताए । उनले सिकेको सीपलाई सानोसानो लगानीबाट ब्यहारमा उतार्न सुझाव दिए ।बारिष्टा तालिम लिएका तुल बहादुर ओझा, कल्पना पाईजाले थप एडभान्स कोर्ष समेत चलाउन जरुरी रहेको उनले बताए।कार्यक्रममा उद्यम विशेषज्ञ मुकुन्द ज्ञवालीले स्वरोजगारको अभियानमा नगरमा लामो समयदेखि निरन्तरता दिएको बताए । उद्यमी सृजना गर्नु कठिन काम भएको भन्दै उनले निरन्तरता जरुरी रहेको बताए। ब्यवस्थापन र प्रविधि दुबै सीप सिक्न पाउनु महत्वपुर्ण भएको उनले बताए।


कार्यक्रममा तिलोत्तमा रोजगार सेवा केन्द्रका संयोजक देवेन्द्र ज्ञवालीले बेकरी र वारिष्टा १५/१५ दिन र उद्यमशिलता विकास सम्बन्धी तालिम ३ दिन संचालन गरिएको बताए ।तालिमलाई द कफी हबका संचालक तथा प्रशिक्षक तिरास लाम्टाङे मगर, मुकुन्द ज्ञवाली, सन्जय पोखरेल, सृजना भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका अनन्त पन्थी, कमल थापालगायतले सहजिकरण गरेका थिए । तालिममा २३ जना सहभागी रहेका थिए ।

कमेन्ट गर्नुहोस्