लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चितवन बिकासको रोल मोडल बन्दै रेणु दाहाल

tillotmacitynews - 2023 Jun 17 12:53 AM
IMG
तिलोत्तमा / असार २ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विकासको रोल मोडललाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् ।भरतपुरमा मेयर दाहालले समग्र क्षेत्रको विकास बिना मानव सभ्यता,बिकास र संबृद्धिको कल्पना समेत गर्न नसकिने बताएकी हुन् ।‘चितवनलाई व्यवसायिक पर्यटकीय आर्थिक औधोगिक शैक्षिक केन्द्रको रूपमा बिकास गर्न प्रशस्त संभावनाहरू छन् यसको सम्भावना विस्तारमा महानगर लागिपर्न कुनै कसर बाँकी राख्दैन ।’ मेयर दाहालले महानगरको सम्बृद्धिको नारा नगरको समग्र विकासले मात्र पुरा गर्ने समेत बताइन् ।नगरको बृहद गुरूयोजनासहित एकिकृत शहरीबिकास रिङरोड , लिडंकरोड निर्माण गरी गोलाधाट र गाइधाटलाइ भरतपुरसँग जोडेर विकास गर्ने अभियान छिट्टै सुरू हुनेछ । ’


महानगरपालिकाको पूर्बाधार निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन,आधुनिक कृषि बिकास र पर्यटनको तिब्र बिकासले मात्र चाहेको सम्बृद्धि हासिल गर्न सकिने भन्दै तयसका लागिसबै नगर बासीको सहयोगको अपिल समेत गरिन् । 


चितवन र नवलपुर भएर बग्ने नारायणी नदीकिनारलाई करिब ५ अर्बको लागतमा नारायणगढदेखि गोलाघाटसम्म २३ किलोमिटर लामो तटबन्द गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको सक्रियतामा नारायणगढस्थित नदीकिनारामा पर्यटकीय गतिविधि बढाउन ‘सि बिच’ मोडलमा विकास गरिएको छ । चितवनको बिकासले रेणु दाहाललाई साच्चिकै सफल मेयरको गुथी सुम्पेको छ। पछिल्लो पटक मेयर दाहालले गरेका नयाँ कार्यहरुको शैली आमजनताले मनपराएका छन्।

कमेन्ट गर्नुहोस्