लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउको ड्याममा डुबेर तिलोत्तमा बस्ने एक युवाको मृत्यु

tillotmacitynews - 2023 Jun 17 11:54 PM
IMG

तिलोत्तमा, असार २, २०८०। पाल्पाको तिनाउ – ३ मा सिद्धबाबा अवस्थित तिनाउ खोलाको विद्युत ड्याममा डुबेर एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका-७ का १८ वर्षीय अभिशेख परियार रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रुपन्देहीको तिलोत्तमा-३ ड्राइभर टोलमा कोठा भाडा गरी बस्ने अभिशेख शनिबार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएका थिए । अचानक खोलामा वेपत्ता भएपछि दोभान प्रहरी चौकीमा खबर गरिएको थियो । उद्दारका लागि गएको प्रहरीले टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्