
पार्वती न्यौपाने । जेठ २४ गते । रुपन्देही जिल्ला का स्थानीय निकाय का उप प्रमुख ,उपाध्यक्ष र महिला पत्रकार बीच अन्तरसंवाद कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सञ्चारिका समूह नेपाल रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा स्थानीय तह को निवाचन को एक बर्ष कार्यकाल भर्खरै सकिएकोले यश अवधीमा उप प्रमुख हरुले गरेका कामका बारेमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले आफू सधै महिला पत्रकार को साथमा रहेको र रहने बताइन । यस्तै कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वर देवी चौधरीले स्थानीय सरकार ले गरेका हरेक काममा प्रमुखकै मात्रै नाम अगाडी आउने तर उपप्रमुखको नाम आझेलमा पारीने भन्दै आगामी दिन मा महिला पत्रकार ले यस्ता विषयमा कलम चलाउनु पर्ने मा जोड दिइन । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले भौतिक मात्र नभई हाम्रो सोचमा परिवर्तन गर्न जरुरी रहेको बताइन् ।उनले विकास हुन मानसिक बिकास अपरिहार्य रहेकोमा जोड दिइन र त्यस्ता विषय को खोजी महिला पत्रकार ले गर्नु पर्ने उल्लेख गरिन । त्यस्तै देवदह नगरपालिका उपप्रमख विद्या लक्ष्मी गुरुङले स्थानीय तहको धेरै जिम्मेवारी रहेको बताइन् । उनले महिलाका दोहोरो तेहेरो भूमिका रहँदा महिलाहरूलाई बोझ थपिएको तर पनि महिला इमानदार र पारदर्शी भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने बताइन् ।
गैडहवा उपाध्यक्ष माधुरी जैसवालले आगामी दिनमा पत्रकार महिलाहरूलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोखरेलले अबको निर्वाचनमा उप प्रमुख महिलाहरु मेयरको रुपमा देख्न चाहेको र सोहि अनुसार काम गर्न आग्रह गरे । सञ्चारिका समूह प्रदेश अध्यक्ष अमृता अनमोललेपहिलो निर्वाचनमा भन्दा दोस्रो निर्वाचन मा महिला उपप्रमुख हरु को संख्यामा कमि आएको ले आगामी निर्वाचन मा येस्तो अवस्था आउन नदिन सोही अनुरुप अगाडि बढ्न जरुरी रहेको बताइन् । कार्यक्रममा सञ्चारिका समूह रूपन्देही अध्यक्ष निरू गौतम , सल्लाहकारहरू रेखा भुसाल , इन्दिरा अर्याल , डब्लु डब्लु जे अध्यक्ष कल्पना तिवारी लगाएत ले आ आफ्नो भनाइ राख्दै स्थानीय निकाएको योजना तर्जुमा मै महिला पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम का लागि बजेट छुट्टाउनु आग्रह गरेका थिए। कार्यक्रमको संचालन महासचिव अस्मिना पाण्डेले गरेकी थिइन ।
कमेन्ट गर्नुहोस्